संखुवासभा घटनाको कारण ? तीज पछि जग्गा किन्न बैना पनि दिइसकेका थिए कार्की परिवारले

काठमाडौ । संखुवासभामा एकै परिवारका ६ जनाको रहस्यमय रुपमा ज्या न लि’इ एको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । परिवारका सदस्य मध्य केहीको श व घर भित्र थियो भने केहीको बाहिर फेला परेका थिए । घटनाको प्रकृति हेर्दा उनीहरुलाई ल खे टे को देखिन्छ । परिवारका सदस्यहरुले चप्पल समेत लगाएको देखिएकाले उनीहरुलाई बाहिर निकालेर घटना गराएको देखिन्छ ।
प्रहरीले यो घटनामा विभिन्न कोणवाट अनुसन्धान गरिरहेको छ । घटनामा ८४ वर्षको वृद्धा देखि बालबालिकाको पनि निधन भएको छ । बालबालिका प्रति पनि किन यस्तो गरियो होला भन्ने प्रश्न पनि उठेको छ । त्यसैले प्रहरीले घटनामा कोही चिनेजानेको र नजिकैको ब्यक्ति हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । भौगोलिक विकटता रहेको सो गाउँमा उनीहरुको घर एकान्तमा रहेको बताइएको छ ।
धरानबाट सङ्खुवासभाको मादी जाने हो भने धनकुटा, तेह्रथुमको वसन्तपुर हुँदै टुटे देउराली र चौकी भएर उम्लिङ झर्न सकिन्छ । उम्लिङको अलि तल खोलाको नजिकै कार्की परिवारको घर छ । यो स्थान मादी नगरपालिकाको वडा नम्बर १ मा पर्छ ।
वसन्तपुरबाट मात्रै उम्लिङसम्म पुग्न मोटरसाइकलमा साढे ३ घण्टाजति लाग्छ । बाटो हिलो भएकाले मोटरसाइकल कु दा उन प्रायः स्थानीयले सक्छन्, अरूलाई गाह्रो छ । खाँदबारी, चैनपुरतिरबाट पनि त्यति नै समयमा मादी पुग्न त सकिन्छ, तर वसन्तपुरतिरबाट भन्दा गाह्रो छ । त्यसैले बाहिरका मानिस आएर घटना गराउन अलि कठिन भएको स्थानियको भनाई छ । तर घटनाको प्रकृति हेर्दा पे शे वरले गराएको जस्तो देखिएकाले पनि उनीहरुलाई कसले बोलायो भन्ने अर्को प्रश्न छ ।