Logo

खुसीको खबर ! यसरी घट्दैछ अब संक्रमितको संख्या



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३।९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय नेपालमा संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । मंगलवार संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या १२३ जनाले बढी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता