आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अर्को समाचार
अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।
यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।
यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो ।