घरमा पहिरो खस्दा श्रीमानको निधन, श्रीमती बेपत्ता

काठमाडौ । कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको निधन भएको छ भने श्रीमती हराएकी छन् । कैलालीको दुहुँ गाउँपालिका९१ बस्पालीका नरसिंह महराको निधन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।
प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् । घरमा श्रीमानरश्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।
घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।
यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।