त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र महिलासँग घुस मागेपछि असई र जवानको जागिर चैट

काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि(असई)सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।
यो पनि,स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले
नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग ९पात्रो० ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् । स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ । आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।
यस वर्ष समितिबाट १४ पात्रोले स्वीकृति पाएका थिए । आगामी वर्षका लागि १५ वटा पात्रोले स्वीकृति पाउँ भनी गणित गणना गरी समितिमा बुझाएका छन् । समितिसँग स्वीकृति नलिइ ज्वाला, वैदिक र दृग् पञ्चाङ्ग अहिले पनि प्रकाशन भइरहेका छन् । यसमध्ये वैदिक पञ्चाङ्गको सिद्धान्त फरक छ । पूर्णरुपमा वैदिक भनी पुसतिर यो पात्रो प्रकाशन हुने गर्छ । फरकफरक पात्रो निस्कँदा आम मानिसमा भ्रम उत्पन्न भएको भन्दै सूर्यसिद्धान्तमा आधारित भई गणना गरेर स्वीकृतिका लागि पेश गर्न समितिले आह्वान गर्दै आएको छ ।
आगामी वर्षका लागि पञ्चाङ्ग ९पात्रो० प्रकाशन गर्न चाहनेबाट समितिले साउन महिनाको एकमहिने म्याद राखी निवेदन माग गरेको थियो । समितिमा दर्ता भएका पात्रोको गणित गणनाका विषयमा छलफल गरी तीन महिनाभित्रमा चाडपर्व, तिथिमिति, साइतका विषयमा निर्णय गरिनेछ । निर्णयपछि पात्रोलाई प्रकाशनको अनुमति दिइने समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी गणित गणना गरी पेश गरेका पञ्चाङ्गकारलाई बैठकमा बोलाइ मिले÷नमिलेका विषय जाँच, चाडपर्वको निर्णय गरी पात्रो प्रकाशनका लागि स्वीकृति दिइने बताउनुहुन्छ । ढिलोमा फागुनसम्ममा पात्रो बजारमा आउने गरी निर्णय गरिने उहाँको प्रतिबद्धता छ । स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले
नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग ९पात्रो० ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् ।
स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ । आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।