Logo

‘नजाउ दिदी आमा रुनुहुन्छ भन्दै थिएँ मानिनन्’ पोखरामा बहिनीकै अगाडी भयो यस्तो घटना, आमा अझै होसमा आइनन् (भिडियो हेर्नुस्)



काठमाडौ । पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले बगायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घटनाको प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी नदिले बगायो भन्ने कुरा खुलाएकी छन् । दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल बगायो अनि दिदीले तान्न खोज्दा दिदीलाई पनि पानीले बगाये । वर्षाका कारण कास्कीका सबै नदी र नहर खोला जस्तै बनेको छ ।

पोखरा महानगरपालिका २६ कालिका चोकवाट दिपशिखा भुजेल नहरमा बगेकी हुन् । तीन दिन अघि देखि पोखरा र आसपासका क्ष्क्षेत्रमा ठूलो वर्षा भएको थियो । तीन दिन देखि बगेकी उनी अझै फेला पर्न सकेकी छैनन् । नेपाली सेनाको टोलीले उनको खोजी गरिरहेको छ । स्थानियको पनि घटनास्थलमा भिड देख्न सकिन्छ । दिदी बहिनी खेल्न गएको बेलामा नहरमा चप्पल बगेपछि उनी चप्पल लिन गएकी थिइन् ।

नहरमा ठूलो भेल थियो । त्यो भेलमा उनी परिन् । बहिनी रिया नहरको किनारमा बसेर हेरिरहेकी थिइन् । बहिनीको आँखा अगाडीनै दिदीलाई नहरले बगाएर लग्यो । पर सम्म लगेको थियो । म पनि हेर्दै गएँ, बहिनीले भनिन् । हामीलाई स्कूल जाने दिदीहरुले पुल पारी लगिदिनुभएको थियो । उनले दिदीलाई बगाएपछि आफु घरमा गएर आमालाई भनेको बताएकी छन् । आफुलाई दिदीले खोला आएको छ जाउँ हेर्न भनेर बोलाएर लगेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता