Logo

यिनै हुन् जसले आज अकालमै ज्यान गुमाउनु पर्यो, ओतका लागि रेनकोटको सहारा लिएका सुमनको रेनकोटले नै लियो ज्यान



 

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजो शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जो’ खि’मयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो ।

पानी परेको समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्यानै लियो । सुमनलाई के थाहा र वर्षाको दर्किँदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने १

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलको पछाडिको पाङ्ग्रा मा बे’रि’न पु’ ग्यो । रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टा यरमा बे’रि’ यो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेको रेनकोट बे’ रि एको केही समयमै सुमन भुइँमा ढ’ले, रेन’को’ट घाँ’टी’मा पा’ सो ला ग्दा उनको घट ‘नास्थलमै ज्या न गयो ।

उनका अनुसार मृ त क सुमनको घाँ टीमा रेनकोटले बे’रि’एको दा ग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चो ट छैन। वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बे’ रिँ दा दुर्घटना हुने गरेको उनको भनाइ छ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घा टी मा रे नको टले बे’रि’एको दाग देखिएको छ भने शरीरका अन्य भागमा चो’ट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दुर्घटनाको जो’खिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कवित कटवालले बताए ।

यो पनि, ‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति’
संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ । चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा संस्कार सुधारमा सहयोग पुग्ने बताएका थिए । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।

यस पटकको विश्व संस्कृत दिवस नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पसस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठानको सहकार्यमा मनाइएको हो । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनानुसार सानो सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित भएर मूलतः जुम प्रविधिको माध्यमबाट कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता