ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर प्रहरीलाई नै छक्क पार्ने युवा युवतीहरुको यस्तो धन्दा

काठमाडौ । ललितपुरमा अपार्टमान्ट नै भाडामा लिएर प्रहरीलाई नै छक्क पार्ने धन्दा गरीएको फेला परेको छ । ललितपुर महानगरपालिका९३ कान्तिपुर हाइटस्थित अपार्टमेन्टवाट प्रहरीले युवती सहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुले भाडामा लिएको प्रहरीले जनाएको छ
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(२८ ढल्कु बस्ने झापा दमक नगरपालिका९७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका९६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका(८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन्।
त्यसैगरी ललितपुर महानगरपालिका(८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका९३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका९३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन्।
उक्त अपार्टमेन्टमा अवैध रुपमा धन्दा संचालन गर्ने गरेको भन्ने सूचानका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।