अफगानिस्तानमा तालिवान सत्तामा आएसंगै भारत विरुद्ध उठायो यस्तो कदम, भारत चकित्

एजेन्सी । अफगानिस्तान तालिबान सरकारमा आएसंगै पहिलो असर भारतलाई परेको छ । भारतसंगको ब्यापारमा अफगानिस्तानले नयाँ कदम चालेको छ । अफगानिस्तानमा तालिबान आएपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ। पहिलो असर भारतमा परेको हो ।
यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ। सामान्यतया दुई मुलुक( भारत र अफगानिस्तान)का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।
फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन ९एफआईईओ० का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन्।
व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ।