धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठो’ क्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

पृथ्वी राजमार्गमा पर्ने धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठो’ क्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। गएराति करिब २ बजे बा ३ ख ४०१४ नम्बरको बस र नम्बर नखुलेको भारतीय ट्रक आपसमा ठो क्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो। गम्भीर घाइते कुलुङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यो पनि,
हाइकिङमार्फत जोडिँदै गलेम भिर
गण्डकी, ३२ साउन ९रासस० स् स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४ स्थित गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास थालिएको छ । धार्मिक एवं पर्यटकीय महत्वको गलेम भिरलाई पदयात्रा पर्यटनसँग जोड्दै एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोचका साथ बृहत् फेदीखोला पोखरा समाजको समन्वयमा हाइकर्स क्लब नेपालले उक्त क्षेत्रको प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको छ ।
गलेम भिरसँगै गलेम गाउँ र यससँग जोडिएका प्रकृति र संस्कृतिका विविध पक्षलाई एक साथ समेट्दै अघि बढाउने र यस क्षेत्रलाई एक दिवसीय हाइकिङको गन्तव्य बनाउने सोच राखिएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । “गलेम भिर यस क्षेत्रका स्थानीयवासीको धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ठाउँ पनि हो”, उहाँले भन्नुभयो, “स्याङ्जा बजारका साथै पोखराबाट आउने पर्यटकलाई एक दिनको हाइकिङ गराउँदै यहाँका प्रकृति र संस्कृतिका विविध पक्ष एकसाथ अवलोकन गराउन सकिन्छ ।”
हाइकिङको सुरुआत हुने स्थल आरुखर्क बजारबाट पदयात्री ढुङ्गे देउराली हुँदै गलेम भिर भएर गलेम गाउँसम्म पुग्दछन् । आरुखर्कबाट दृश्यावलोकन गर्दै गलेम गाउँसम्म पुग्न झण्डै दुई घण्टा लाग्दछ । गाउँबाट करिब आधा घण्टाको दूरीमा मनोरम काल्से झरना रहेको बृहत् फेदीखोला सम्पर्क समाजका उपाध्यक्ष कृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।