नयाँ बानेश्वर थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल तथा कलेजमा ३ वर्षे डिप्लोमा आयुर्वेद स्वास्थ्य सहायक पदका लागि भर्ना खुल्यो ! बेलैमा आफ्नो सिट सिमीत राख्नुहोस्

काठमाडौं , साउन ३१ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७८/ ७९ को लागि ३ वर्षे डिप्लोमा आयुर्वेद स्वास्थ्य सहायक पदका लागि २०७८/ ०४ /३० गते सूचना प्रकाशित गरी भर्ना खुलाएको छ । यस आयुर्वेद स्वास्थ्य सहायक पदमा निर्धारित ४० सिटका लागि थापागाउँ नयाँ वानेश्वर, काठमाडोैं स्थित यस धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान तथा आयुर्वेद अस्पतालले पनि भर्ना खुला गरेको छ । यस कलेजले विगत १० वर्षदेखि आयुर्वेद स्वास्थ्य सहायक उत्पादनको लागि गुणस्तरीय आयुर्वेद शिक्षा प्रदान गर्दै समग्र आयुर्वेद क्षेत्रको विकास र प्रवद्धनमा उल्लेखनिय योगदान दिदै आएको छ ।
साथै यस कलेजले नेपाल सरकारबाट सम्बन्धन प्राप्त नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो र गुणस्तरीय आयुर्वेद अस्पताल संचालन गर्दै आफुलाई आयुर्वेद शिक्षा तथा स्वास्थ्यमा अब्बल सावित गरिरहेको छ । यस तीन वर्षे आयुर्वेद डिप्लोमा कोर्सका लागि अक्षराङक पद्धती लागु भएपछिको हकमा मान्यता प्राप्त शिक्षण संस्थानबाट प्रवेशिका वा एसइइ परीक्षामा अनिवार्य गणित अंग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी समग्र ग्रेड न्यूनतम २ प्राप्त हुनुपर्ने छ ।
साथै प्राविधिक एस एल सीको हकमा कुल पूर्णाङमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उर्तीण गरेको हुनुपर्ने छ । यस कोर्ष उर्तीण गरे पश्चात विद्यार्थीहरुले नेपाल सरकार लोकसेवा आयोगको विभिन्न पदमा परीक्षा दिन योग्य हुनेछन् भने उच्च शिक्षाका लागि (BAMS, BPH, BNYS) जस्ता विषयहरु पढ्नका लागि योग्य हुनेछन् । प्रवेश परीक्षाको फारम बुझाउने अन्तिम मिती २०७८/ ५ /१८ गते सम्म र प्रवेश परीक्षा आवेदन फारम शुल्क रु.८०० तोकेको छ ।