फेसवकुमा साथी बनाउनु युवतीका लागि पर्यो महंगो, विवाह अस्वीकार गर्दा गाउँभरी मेरै श्रीमती हुन् भन्दै युवकले लगाए पोष्टर

एजेन्सी । सामाजिक सञ्जालका माध्यमवाट मानिसहरु अपरिचित ब्यक्तिसंग पनि नजिक हुन्छन् । कति युवा युवतीको सामाजिक सञ्जालवाटै प्रेम बसेर विवाह भएका उदाहरण पनि छन् । तर संधै घटना सकारात्मक हुन्छन् भन्ने छैन । एक युवतीले सामाजिक सञ्जाल फेसवुकमा परेको प्रेमका कारण ठूलो मुल्य चुकाउनु परेको छ ।
भारत ग्वालियर, मध्य प्रदेशमा बस्ने एक युवतीलाई विवाहको प्रस्ताव अस्वीकार गर्न महँगो परेको छ। यसबाट रिसाएको, युवतीको फेसबुक साथीले उनलाई आफ्नो इलाकामा आफ्नी श्रीमती र उनका बुबा ससुरा भएको भन्दै पोस्टर लगाएका छन् । आफुलाई श्रीमती भन्दै गाउँभरी पोस्टर टाँस्न थालेको थाहा पाएपछि युवती प्रहरीको सहयोग लिन पुगेकी छन् ।
घटना ग्वालियरको बहोदापुर पुलिस स्टेशन क्षेत्र को हो। जहाँ युवतीआफ्नो परिवार संग बस्छिन्। जबकि युवक राजस्थान का निवासी हुन्। सीएसपी नगेन्द्र सिंह सिकरवारका अनुसार युवतीले एक बर्ष पहिले फेसबुक को माध्यम बाट राजस्थान को झालावाड़ निवासी एक युवक संग मित्रता गरेकी थिइन् ।
फेसबुकमा कुराकानीको क्रममा दुबैले एकअर्कालाई मोबाइल नम्बर दिए। त्यसपछि दुबै जना फोनमा कुरा गर्न थाले। केही समय पहिले ती युवक ग्वालियर आफ्नो साथीलाई भेट्न आए र उनको अगाडि बिहेको प्रस्ताव राखे।
युवतीले बिहे गर्न अस्वीकार गरिन्। यस पछि, युवकले युवतीको गाउँमा यस्तो पोस्टर लगाए, जसमा उनले युवतीलाई आफ्नी श्रीमती र आमा बुबालाई सासु ससुरा भन्दै लेखेका छन् । यस संगै, ती युवकले फेसबुक र ह्वाट्सएप लगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरुमा यस्तै पोस्टहरु अपलोड र शेयर गरे। जब ती युवतीले ती युवकलाई यो कार्यको बारेमा सोधिन्, उनले भने कि यदि उनी यी सबैबाट छुटकारा पाउन चाहन्छिन्, तब उनको खातामा पैसा हाल्नुपर्छ ।
युवतीले प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। सीएसपी नगेन्द्र सिंह सीकरवारका अनुसार ती युवतीको उजुरीमा आरोपी युवकको बिरुद्ध एफआईआर दर्ता गरिएको छ। अहिले युवकको खोजी भैरहेको छ।