काठमाडौंको न्युरोड गेटमा घट्यो अनौठो घटना , जे न हुनु थियो त्यही भयो ?

काठमाडौं । काठमाडौंमा प्रहरीको गाडीबाट हा’मफा’लेर एक जना थुनुवा फरार भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन् जब र्ज’स्ती क रणीको आरोपमा पक्राउ परेका उनी महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० अशोक सिंहका अनुसार पीसीआर परीक्षण गराउन वीर अस्पताल लाँदै गर्दा परियार फरार भएका हुन् । स्याङ्जा घर भएका परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि ,अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।