Logo

पतिसंगको विवादपछि पत्नी नदीमा हाम फालिन् बचाउन गएका श्रीमान पनि हराए,…



 

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।

उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो । नदिमा हेलिनु अघि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो ।

त्यसपछि सन्सारबाटै बिदा लिने मनसायले श्रीमती त्रिवेणीको पुलबाट उत्तरगंगा नदीमा हामफालेकी थिइन् । उनलाई बचाउन भन्दै नदीमै पसेका श्रीमान पनि वेपत्ता भएको प्रहरीले जनाएको छ । सोमबार बिहानै देखि स्थानीय र प्रहरीले दम्पतीको खोजीकार्य सुरु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता