सानिमा क्यापिटलको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते हुँदै
असोज २९, काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको छ ।
कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।