विप्लवले बनाइदिए विपन्न परिवारलाई नयाँ घर

काठमाडौं । भूमीगत राजनीतिवाट खुला राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा एक विपन्न परिवारलाई घर बनाइदिएको छ । विप्लव समुहको जिल्ला नेतृत्वको सकृयतामा विपन्न परिवारलाई घर बनाइदिएको छ ।
सो पार्टीले लमहीका रुकमान चौधरीको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । घर निर्माणको काम सकेर पार्टीका नेताहरुले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका चौधरीको बस्नै नमिल्ने जीर्ण घर थियो । विप्लव कार्यकर्ताले आफै जनश्रमदान गरेर चौधरीका लागि घर बनाइदिएका हुन् । राजनीतिक दलका कार्यकर्ताले घर बनाएर हस्तान्तरण गरेपछि चौधरी खुसी भएका छन् ।
घर निर्माणका लागि आवश्यक नगद तथा जिन्सी सामाग्री भने जिल्लाका व्यापारी, उद्योगी, विभिन्न सामाजिक व्यक्तित्वहरुसँग सहयोग मागिएको थियो । घर निर्माण गरि हस्तान्तरण गरिएपनि घर बनाउँदा कति खर्च लाग्यो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।