काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा कडा, के के गर्न पाइँदैन ? (विवरण)

काठमाडौ । काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ। साथै यसअघि भन्दा कडा पनि पारिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको संयुक्त बैठकपछि जारी आदेशअनुसार राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम राखिएको हो।
उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । संक्रमितको संख्या बढ्दै जाने तर सर्वसाधारणले सतर्कता अपनाउने तर्फ ध्यान नदिएका कारण अब उपत्यकामा कडाई गर्न लागिएको हो ।
काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि लागू हुने गरी नयाँ नियम लागू गरेका छन् । जसमा सांझ ८ वजेपछि गाडी चलाउन पाइने छैन । निषेधाज्ञा समेत थप गरिने भएको छ ।
यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन । यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन । थपिएको निषेधाज्ञा आउँदो भदौ आठ गतेसम्म रहनेछ ।
के के पाइन्छ, के के पाइँदैनरु हेर्नुहोस्, तल विस्तृत विवरण– ९नोटः काठमाडौं, ललितपुर र भक्तपुरमा एउटै आदेश जारी भएका छन्।