Logo

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा



काठमाडौ । केन्द्रीय राजनीतिमा देखिएको राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा पनि पर्यो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा अविश्वास प्रस्ताव परेपछि उनले त्यसको ‘फेस’ नगरेर राजिनामा दिएका छन् । अल्पमतमा पर्ने अवस्था देखिएपछि पोखरेलले राजिनामा दिएका हुन् ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएको पुष्टि गरे । प्रदेशसभा विशेष अधिवेशन आह्वान भएकै दिन साढे तीन वर्षपछि प्रथम मुख्यमन्त्री पोखरेलले आफ्नो पद छाडेका हुन् । पोखरेलको सत्ता ३ महिनादेखि संकटमा थियो ।

बुधवार बिहान भएको एमाले संसदीय दलको बैठकमा पोखरेललाई आफ्नै पार्टीका सांसदले राजिनामा दिन सुझाव दिएका थिए । लुम्बिनी प्रदेशकी सांसद विमला वलीको घटनाका कारण पनि पोखरेल अप्ठेरोमा परेका थिए । वलीले आफुलाई मुख्यमन्त्री कार्यालयमा ब न्ध क बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

२०७४ फागुन ३ गते पोखरेलले पहिलो पटक दुई तिहाइ बहुमत प्रदेश सरकारको नेतृत्व गरी मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । विपक्षी गठबन्धनले तेस्रो पटक प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । एमाले र माओवादी अलग९अलग भएपछि शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्न सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता