रुकुममा एक जोडिको यस्तो नियतिरु विवाद पछि श्रीमतिले नदिमा हाम फालिन्, बचाउन गएका श्रीमान् पनि नदी मै बे पत्ता

मान्छेको नियति कस्तो हुन्छ कसैलाई थाहा हुँदैन । मान्छेले पछि कस्तो समय आउँछ पहिले नै यकिन गर्न सक्दैन । यस्तो अनुमान मात्रै हुने भए रुकुमपूर्वका मनिचन कामी श्रीमति खोज्न नदिमा पस्ने थिएनन् होला । श्रीमान्सँग बिवादपछि नदिमा पस्ने निर्णयबारे उनकी श्रीमति अमृताले पनि सोच्ने थिइन् होला । तर, नियतिलाई यही मञ्जुर थियो र विवादपछि दुबै नदिमा हेलिए र बेपत्ता भए ।
पति पत्नि रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका बासिन्दा हुन् । आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता भएका हुन् ।
नदिमा हेलिनु अघि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि सन्सारबाटै बिदा लिने मनसायले श्रीमती त्रिवेणीको पुलबाट उत्तरगंगा नदीमा हामफालेकी थिइन् । उनलाई बचाउन भन्दै नदीमै पसेका श्रीमान पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए । सोमबार बिहानै देखि स्थानीय र प्रहरीले दम्पतीको खोजीकार्य जारी राखेका छन् । प्रतीकात्मक तस्वीर