Logo

८ दिन अघिदेखि हराएकी १६ वर्षीया क्रिष्टिला जंगलमा मृताआस्थामा फेला परिन



विराटनगर । ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका(६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ ।

उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन । क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको कर णी पछि ह’ ‘त्या भएको हुन सक्ने आंशका गरिएको छ ।

 

‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए । घटनामा स’लग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको कर णीपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता