Logo

आफ्नो छोराको ज्यान बचाइदिएका १६ वर्षका बालकलाई गरे आमाबुवाले सम्मान



काठमाडौ । बझाङमा एक १६ बर्षीय बालकले निकै शाहसिक काम गरेका छन् । १६ बर्षीय बालक लाल बहादुर पुन मगरले १२ बर्षीय बालकको ज्यान बचाए पछि अभिभावकले उनलाई सम्मान गरेका छन् । बझाङ जिल्ला सुर्मा गाँउपालिका९४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान बताएका हुन् । उनी सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका९१० मा बस्दै आएका छन् ।

शनिबार दिउँसो बाउली खोलामा पौडी खेल्ने क्रममा जयराज खोलामा बगेका थिए । बसपार्क नजिकैको खोलामा पौडी खेल्दा बगाएर ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

सेती नदी र बाहुली खोलाको दोभान नजिकै फुटबल खेलीरहेका १६ बर्षिया पुन मगरले खोलामा बग्दै गरेका जयराजलाई देखे । उनलाई पौडी खेल्न आउँथ्यो त्यसैले तत्काल खोलामा बग्दै गरेका जयराजलाई बचाउन खोलामा हाम फाले ।

आफ्नो छोराको ज्यान बचाइदिएपछि खुसी भएका बुवा आमाले लालबहादुरलाई सम्मान गरेका हुन् । उनीहरुले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता