Logo

आयो खुसीको खबर, अब यसरी घट्छ महामारी



काठमाडौ । महामारीका कारण समस्यामा रहेका नागरिकका लागि खुसीको खबर सार्वजनिक भएको छ । अहिले दिनहुँ बढिरहेको संक्रमण साउन महिना पछि विस्तारै खट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही दिन सतर्कता अपनाए महामारीका रुपमा फैलिएको कोभिडवाट विस्तारै मुक्ति पाइने भएको छ । मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा यस्तो उल्लेख गरेका छन् । डा लोहनीका अनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने छ ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता