Logo

कोटेश्वरमा माधव नेपाललाई भेटेपछि जब प्रचण्डले आफ्नो पार्टीको बैठकमा यस्तो सन्देश सुनाए, नेताहरु छक्क



 

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमालेमा चर्कदो विवादकाबीच प्रचण्ड र नेपालबीच भेट भएको हो । नेपाललाई भेट्न उनी कोटेश्वर स्थीत नेपाल निवास पुगेका छन् । कोटेश्वरमा नेपाललाई भेटेर आफ्नो पार्टी कार्यालय पुगेर उनले सुनाएको एक कुराले उनकै नेताहरु भने छक्क परेका छन् ।

उनले स्थायी कमिटी बैठकमा सरकार गठनको प्रक्रियाबारे फेरि छलफल गर्न पर्ने देखिएको बताएका छन् । माधवकुमार नेपाल समूहले नेकपा एमाले एकताका लागि जोड दिएकाले पनि अब सरकार गठनका लागि मन्त्रालय बाँडफाँडबारे फेरि छलफल गर्नु पर्ने अवस्था आएको उनले बताएका हुन् ।

बाहिर एमालेको एकताको सम्भावना कम हुँदै गएको कुरा सार्वजनिक भइरहँदा प्रचण्डले भने आफ्नो पार्टीको बैठकमा माधव नेपाल एकतामा जाने बताएका हुन् । आइतवार विहान कोटेश्वरमा माधवकुमारलाई भेटेर स्थायी कमिटी बैठकका लागि पेरिस डाँडा पुगेका थिए ।

बैठककै सुरुमा प्रचण्डले भने, ‘माधव कमरेडहरु पार्टी एक गरेर अगाडि बढ्ने मनासयमा हुनुहुन्छ, उहाँहरु नआएपछि मन्त्रालय बाँडफाँड अब फेरि छलफल गर्नु पर्ने भयो ।’ स्थायी कमिटी बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार प्रचण्डले आज विहान माधव नेपाललाई भेट्दा यसको छनक पाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता