Logo

खुसीको खबरः एसईईको नतिजा यो मिति मा आउने



विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।
बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ ।

त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।८८अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला८८यो पनि स्

काठमाडौं । प्रयाःजसो नेताहरु भन्ने एउटा र गर्ने अर्को गर्छन् जसका कारण उनीहरुको हित हुने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यो मामिलामा चतुर बनेका छन् ।

उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्न तोकिएको समयमा नै महाधिवेशन हुने भन्दै आएका छन् तर केन्द्रीय महाधिवेशन हुन एक महिनामात्र बाँकी हुँदासम्म निर्देशिका बनेको छैन । उनी निश्चित नै हुने गरी महाधिवेशन गर्ने भनेर भाषणा ठोकिरहेका छन् ।

जान्नेबुझ्नेहरुले यसलाई देउवाको चालबाजीको रुपमा लिएका छन् । महाधिवेशन हुँदैन भन्दा कार्यकर्तामा आक्रोश हुने भएकाले पनि उनले त्यसलाई थामथुम पार्न महाधिवेशनको रटान लगाइरहेका छन् । कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेबाट इकाई अधिवेशन हुने भनिएको थियो ।

क्रियाशीलताको विवाद पनि मिलेको छैन । क्रियाशील सदस्यता छानबिन समितिले १२ गते अन्तिम नामावली पार्टी सभापतिलाई बुझाएको थियो । देउवा आफ्नो कार्यकाल लम्ब्याउनका लागि पनि विवाद छिटो मिलोस् भन्ने पक्षमा छैनन् । उनले जति धेरै टाढासम्म महाधिवेशन धकेल्न सकिन्छ त्यति नै आफूलाई फाइदा हुने भनेर सोच्दै आएका छन् । एकातिर देउवाको यो भनाई आएको छ भने अर्कातिर पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताको धर्ना जारी छ । परिस्थितिलाई थप जटील बनाउने र महाधिवेशन नगर्ने दाउमा देउवा लागेका हुन् कि भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उनले सक्रियता देखाएर विवाद मिलाउने चासो देखाएका छैनन् ।

महाधिवेशन भयो भने आफ्नो सभापति पद रहन्छ कि रहँदैन भन्नेमा देउवा अन्यौलमा छन् । महाधिवेशनबाट पनि सभापतिभन्दा ठूलो पद नआउने भएकाले देउवा सभापति छँदैछन् किन महाधिवेशन गर्छन् भन्ने पनि विश्लेषण हुन थालेको छ । महाधिवेशन गरेपछि पार्टीमा आन्तरिक द्धन्द्ध हुने र त्यसको असर आगामी स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने निश्चित नै छ त्यसैले पनि देउवालाई कुनै पनि अवस्थामा महाधिवेशन गर्न मन नभएको समाचारस्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता