Logo

कपाल झर्ने समस्या– समाधानका लागि सहज छ घरेलु उपाय



मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् ।

मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं ।

यसका लागि आवश्यक सामग्री यी हुन् :

एक मुट्ठी मेथीको दाना

तीन चम्चा बेसन

एक चम्चा दही

विधि
मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् ।

सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् ।

यो पेस्ट हप्ताको तीनचोटि टाउकोमा लगाउनुस् । कपालको जरासम्म पुग्नेगरी लगाएपछि दश मिनेट त्यत्तिकै छोडिदिनुस् । अनि त्यसपछि मनतातो पानीले टाउको धुनुस् ।

मेथीयुक्त हेयर मास्कले कपालको जरा बलियो बनाउँछ र झर्न दिँदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता