Logo

४३६४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्षा ९८ हजार ६१७



काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

मंगलबार देशभर एक हजार ५५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

बुधबार तीन हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने एक हजार १२६ जना डिस्चार्ज भएका छन् । देशभर बुधबार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता