Logo

दाङमा ग्याँस सिलिण्डरका कारण ५ सय चल्ला म’रे१ घर, गोठमा क्षति, तीन जना घाइते



दाङको तुलसीपुरमा ग्यास सिलिण्डरका कारण ५ सय चल्लाहरु जलेका छन् । उक्त ग्याँस सिलियडर बि स्फो ट हुँदा चल्ला पालेका श्रीमान्–श्रीमती र उनीहरुका छोरा समेत तीन जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ बर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन् । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन् ।

घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । १३ बर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माका अनुसार वलीले आफुले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बि स्फो ट हुँदो आगलागी भएर आगो लागेपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन् ।

‘जाडोले चल्लालाई केही नहोस् भनेर कोठा न्यानो बनाउन भनेर वलीले ग्यास सिलिण्डर बाल्नु भएको रहेछ,’ शर्माले भने ‘ तर, त्यही ग्यास सिलिण्डर बि स्फो ट भइ आगो लाग्दा उक्त घटना भएको रहेछ ।’

गोठ पुरै जलेको तथा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । गोठमा राखेको दश बोरा दाना, ५ दिनका सबै ५ सय चल्लापनि जलेर नष्ट भएको प्रहरीले बताएको छ । तस्वीर सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता