Logo

प्रधानमन्त्री ओली धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् ।

नेपाल कम्युनिस्ट पार्टी _(नेकपा)सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् ।

करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिए । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ(आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

‘दाहाल(नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता