Logo

मनिषा कोइराला खुलेर लागिन् हिन्दु राज्य र राजसंस्थाको पक्षमा, भारतलाई पनि दिइन् यस्तो कडा जवाफ (भिडियो हेर्नुस्)



काठमाडौ । बलिउड नायीका मनिषा कोइरालाले अहिले राष्ट्रिय एकता नै समस्यामा पर्न लागेको बताएकी छन् । राजनीतिक अस्थिरता हुनु कुनै ठूलो कुरा होइन तर राष्ट्र नै अस्थिरता तिर जान्छ की भन्ने अवस्था देखिन थाल्यो उनले भनिन्, अब समय आइसकेको छ अब सबै राष्ट्रभक्त एक जुट हुनुपर्छ ।

पृथ्वी जयन्ती मनाउनका लागि गरिएको तयारीका बारेमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नायीका कोइरालाले अब राष्ट्रवादी शक्ति एक हुनुपर्ने बेला आएको बताएकी छन् । उनले त्यसका लागि पृथ्वी जयन्ती मनाउदै राष्ट्रिय एकताको सन्देश दिनुपर्ने बताएकी छन् । नेपालको राजनीतिमा सकृय हुने संकेत देखाएकी मनिषाले त्यसको गृहकार्य सुरु गरेकी छन् ।

उनले पृथ्वी जयन्ती मनाउने समितिमा रहेर सक्रियता देखाउनुलाई अर्थपूर्ण मानिएको छ । वीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाकी छोरी मनिषाले

भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा आपत्ती जनाएकी थिइन् । त्यसपछि भारतको उनको आलोचना भएपछि कोरोना भाइरसको संक्रमणको बखत सडकमार्ग हुँदै मुम्बईबाट काठमाडौं आएकी थिइन् । मनिषाले पछिल्लो सक्रियता बढाएसँगै राजनीतिमा आउनसक्ने संकेत समेत गरेकी छिन् ।

पत्रकार सम्मेलनमा उनले भारतीय मिडियाले आफु माथि गरेको टिप्पणीका बारेमा पनि प्रतिकृया दिएकी छन् । भारतीय मिडियाले आफ्नो मुलुकको पक्षमा बोल्नु स्वभावीक हो, हामी नेपालीले नेपालका पक्षमा बोल्नु पर्छ उनले भनिन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको हो । समितिमा मनिषा पनि सदस्य छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिशेष कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ । समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता