Logo

कुँवरलाई आईजिपी नियुक्त गरेपछि प्रचण्ड प्रफुल्ल भने–‘मैले स्वविवेक प्रयोग गरेको हुँ, कसैको दबाब थिएन’



काठमाण्डौं,चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले स्वविवेक प्रयोग गरेर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले आफूले कार्यक्षमताको मूल्यांकन गरेर नै काविल प्रहरी अधिकृत कुँवरलाई प्रहरीको नेतृत्व सुम्पिएको प्रतिक्रिया दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘मैले आफ्नो विवेक प्रयोग गरेर निर्णय लिएको हुँ । कसैको केही दबाब थिएन ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई फोन गरेको भएपनि कुनै दबाब नदिएको उनको स्पष्टोक्ति थियो ।

प्रधानमन्त्री दाहालले आफू अब मन्त्रिपरिषद्लाई पूर्णा दिन लागिपरेको पनि सुनाए । सत्ता गठबन्धनमा रहेका दलहरुसँग आन्तरिक छलफलमा रहेकोले आज÷भोलिभित्रै निर्णयमा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता