Logo

सरस्वती मा.वि.मा सेवा निबृत्त शिक्षक तथा कक्षा १० का विद्यार्थीको बिदाई



दाङ, चैत ५ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त शिक्षक तथा कक्षा १० का विद्यार्थीहरुको बिदाई गरेको छ । लामो समयसम्म विद्यालयम अध्यापन गरी सेवा निबृत्त हुनु भएका शिक्षकहरु निमा डि.सी., कालिका अधिकारी र शिवकुमार श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र टिका लगाएर विदाई गरिएको हो । साथै आसन्न एसईई परीक्षा—२०७९ दिएर विद्यालयबाट जादै गरेका १० कक्षाका विद्यार्थीहरुलाई पनि बिदाई गरिएको थियो ।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यता भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले सेवा निबृत्त शिक्षकहरुबाट समाजले धेरै अपेक्षा गरेको भन्दै समाजको चौतर्फी बिकासमा भूमिका खेल्न आग्रह गर्नु भएको थियो । साथै उहाँले विद्यार्थी शिक्षासँर्गै समाजका हरेक क्षेत्रमा उदाहरणीय काम गर्न शुभकामना दिनु भएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक दिपक कुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विदाई भएर जादै गरेका विद्यार्थीहरुको तर्फबाट बिपना नेपाली लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरु बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्लस टु कोर्डिनेटर हेमराज शर्माले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता