Logo

संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण



काठमाण्डौं,भदौ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ। संविधान दिवसका अवसरमा सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷५÷३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान गर्नुभएको हो ।
नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ’आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुनुहुने भएको छ।
यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता