Logo

नेकपा (बहुमत)को युवा सङ्गठन युवा जनस्वयमसेवक नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन



काठमाण्डौं ,असार २४ ।  धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयमसेवक नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् । स्थानिय चुनावमा जाने कि नजाने भन्ने बिसयमा बिबाद भएपछि बिप्लव नेतृत्व को नेकपा सँग पार्टी फुटेर नेकपा (बहुमत) गठन भएको थियो । नेकपा (बहुमत) ले आफ्ना सबै जनवर्गीय संगठनहरुमा भेला सम्मेलनहरु गरी नयाँ नेतृत्व निर्माण गर्दैछ ।

हरिश यसअघि विद्यार्थी नेता थिए । पार्टीको केन्द्रीय समिति सदस्यसमेत रहेका उनि तत्कालीन महासचिव विप्लवले ल्याएको स्थानिय चुनावमा जाने प्रस्तावको विपक्षमा उभिएका थिए । जेठ ४ देखि १० सम्म काभ्रेमा बसेको पार्टी केन्द्रीय समिति बैठकले भट्टलाई युवा  जनस्वयमसेवक नेपालको संयोजक तोकेको थियो । बुधवार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टको नेतृत्वमा ८१ सदस्य केन्द्रीय समिती समेत चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा बिरेन्द्र बिक, अबिनाश कुवर, महासचिव झलक बिक, सचिव सन्तोष सुवेदी र कोषाध्यक्ष कविता कार्कीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता