Logo

हत्या गरिएका प्रहरी जवानको अछाममा अन्त्येष्टि



नेपाल–भारतको सीमा नाकामा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी जवान रामबहादुर साउँदको अन्त्येष्टि गरिएको छ । साउँदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले साउँदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै वेपत्ता भएका प्रहरी जवान साउँदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।

प्रहरी सहायक निरीक्षक विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । विकको भने आइतबार बिहानै शव भेटिएको थियो । असई विकको अन्त्येष्टि मंगलबार उनकै गाउँ कञ्चनपुरको पुनर्वासमा गरिएको छ ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । जसमध्ये अपराध स्वीकार गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । अझै केही फरार रहेको र तिनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता