Logo

आज नेपालले गुमायो एउटा अमुल्य हिरा, यो निधनले धेरैलाई बनायो स्तब्ध



 

काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनि ताना शर्माका नामशबाट लोकप्रिय थिए ।विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा इलाम, बरबोटेमा जन्मेका हुन्। उनी जन्मेको ठाउँलाई त्यतिबेला सित्तलपाटी भनिन्थ्यो। घरछेउ ठूलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भयो। संयोग, उनको परिवार बसाइ सरेर गएको फिक्कलको ठाउँलाई पनि अहिले बरबोटे भनिन्छ।

 

बसाइ सर्दा त्यस ठाउँको नाम सुदुङ थियो। तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमा अक्षर चिनाएका हुन्। अक्षर चिनिसकेपछि रुद्री, “चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोश पनि घोकाए। साथै, ज्योतिषको गणना गर्ने किताब भाषोति पनि सिकाए। तारानाथ फिक्कलमा डेरा बसेर चन्द्र(मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका हुन्।

पशुपतिनगरका राजबहादुर राईले अङ्ग्रेजी पढाउन काठमाडौँका चन्द्रभक्त कसजुलाई लगेका थिए। तारानाथले छ कक्षासम्म पहिलो हुँदै फिक्कलमा पढे। त्यसपछि दार्जिलिङको सेन्ट जोसेफमा एकै चोटि नौ कक्षामा भर्ना भए र जिल्ला प्रथम हुँदै १२ कक्षासम्म पढे अनि थप पढाइका लागि बनारस गए।

तारानाथको खास थर भण्डारी हो, तर बनारसमा पढ्न गएपछि नाममा शर्मा झु’न्ड्याए। अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाए।

बनारसबाट बि ए गरिसकेपछि घर फर्केका बेला बुवाले हेडमास्टर खाली छ, यतै बस, अब पढाउन सक्दिनँ भनेर रोक्न खोजे तर उनी अनेक बहाना बनाएर ७० रूपैयाँ मागेर काठमाडौँ छिरे। उनले काठमाडौँमा छात्रवृत्तिका लागि आवेदन दिए, पाए पनि र पटना हानिए। उनी बेलायतमा पनि गएर ‘दोस्रो भाषाका रूपमा अङ्ग्रेजी’ (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) पढे। उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरे।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता