एकाबिहानै झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

झापाको मेचीनगर(१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आ’गला’गी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आ’गला’गी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा र मोरङका ९ वटा दमकले आ’गो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । नभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आ’गला’गीको कारण खुल्न नसकेको उनले बताए ।
यो पनि, रेमिट्यान्स घट्नुको कारण के ? कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स ९विप्रेषण० मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात ९साउन० देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको अन्नपूर्ण पोस्टमा समाचार छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ वैदेशिक रोजगारीमा गएका नेपालीहरूले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा लगानी गरेका कारण रेमिट्यान्स घटेको हुन सक्ने अनुमान गर्छन्।
‘विगतका वर्षका तुलनामा यस वर्ष रेमिट्यान्स लगातार घटिरहनुमा क्रिप्टो करेन्सी र नेटवर्किङमा लगानीको कारण हुनसक्छ,’ श्रेष्ठले भने। गत आर्थिक वर्ष ०७७र०७८ मा ९ खर्ब ६१ करोड रेमिट्यान्स आएको थियो। नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड मात्रै रेमिट्यान्स भित्रिएको छ।
साउन यता मासिक २ अर्बभन्दा कम रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ। औसतमा मासिक ७८ अर्ब रेमिट्यान्स आइरहेको बैंकको तथ्यांकले देखाउँछ। तर, गत वर्ष औसतमा मासिक ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो।