बेहुली लिएर फर्कँदै गरेको जि प दु र्घट ना : ८ जनाको मृ त्यु, बेहुला बेहुलीको अवस्था चि न्ता जनक

काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दु र्घटना हुँदा ज्या न गुमाउनेको संख्या ८ पुगेको छ ।नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दु र्घट नामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घ टनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्या’न गएको हो ।
मृ तकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्या’न गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेका अनुसार गौमुखी ६ का बेहुला २५ वर्षीय दानबहादुर खड्का र गौमखी( ६ की बेहुली २० वर्षीया रीमा बिसीको अवस्था चिन्ताजनक छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दु र्घट नामा घा इते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । फाइल तस्विर