Logo

पूर्व प्रधानमन्त्री ओली विरुद्ध पर्यो सिडिओ कार्यालयमा उजुरी, होला त कारवाही ?



 

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । केही दिन देखि विवादमा आएका अध्यक्ष ओली विरुद्ध औपचारीक रुपमा नै का रवा ही माग गर्दै निवेदन परेको हो । कोभिड संक्रमण पुष्टि भएपछि पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै उनलाई कारवाही माग गरिएको हो ।

ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको प्रशासनमा दिएको उजुरीमा उल्लेख छ । अघिल्लो साता ओली र उनकी पत्नी राधिकालाई कोभिड पुष्टि भएको थियो । तर कोभिड पुष्टि भएको खबर सार्वजनिक भएको भोलीपल्टै उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

उनका अघि पछि कार्यकर्ता थिए । आइतबार भक्तपुर सूर्यविनायक नगरपालिकाका अभिजित अधिकारीले एमाले अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित निवेदन दिएका हुन् ।

उजुरीकर्ता अधिकारीले ओलीले आफू कोरोना संक्रमित भएको अवस्थामा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा सहभागी भएको उल्लेख गरेका छन् । ओलीले हुलहुज्जत गरी आफू सामान्य संक्रमित मात्रै भएको भन्दै भाषण गरेको उल्लेख निवेदनमा गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ ।’ निवेदनमा भनिएको छ ।, ‘‘यसरी आफु संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउँ।’

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता