Logo

निर्वाचन आयोगले यस्तो संकेत गरेपछि केपी ओली पनि तनावमा



 

काठमाडौ । निर्वाचन आयोेगले राप्रपालाई निर्वाचन चिन्ह देखि पार्टीको विधानमा उल्लेख भएका केही प्रावधान हटाउन निर्देशन दिएको छ । राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्ह प्रति प्रश्न उठाउँदै हटाउन निर्देशन दिएपछि यता नेकपा एमालेलाई पनि समस्या पर्ने भएको छ । राप्रपालाई गाई चिन्ह, राजतन्त्र र हिन्दुराज्य विधानवाट हटाउन निर्देशन दिएपछि राप्रपा समस्यामा परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको गाई तस्बिर हटाउन निर्वाचन आयोगले हालै पत्र पठाएको छ । राप्रपा अहिले पार्टी भित्र छलफलमा छ । पत्रमा आयोगले भनेको छ,‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्य हटाउनु ।

त्यस्तै, पार्टी झन्डामा प्रयोग गरिएको गाईको तस्बिर हटाएर अनुसूची संशोधन गर्न पनि राप्रपालाई आयोगले निर्देशन गरेको छ ।आयोगको निर्णयपछि तात्तिएको राप्रपाले यसरी पत्र पठाउनु संविधान र कानुनविपरित रहेको ठहर गरेको छ ।

विगतमा पार्टीले प्रयोग गर्दै आएको यही वाक्य र तस्बिरलाई मान्यता दिएको आयोगले अहिले कुन प्रतिशोधमा प्रश्न उठायो राप्रपाले आयोगमाथि प्रतिप्रश्न गरेको छ ।आयोगले अनावश्यक दवाव दिएमा अदालतसम्मै पुग्ने राप्रपाको तयारी छ ।मुलतः राप्रपाले प्रयोग गरेको वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएको र गाई चिन्ह राष्ट्रिय चिन्हसँग जुधेको भन्दै हटाउन आयोगले पत्र पठाएको हो ।

यो प्रश्न आयोगले राप्रपालाई मात्र उठाएको भए पनि राप्रपाले गाई प्रयोग गर्न नपाउने भए नेकपा एमालेले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य चिन्ह पनि नपाउनुपर्ने कतिपय नेताहरुको भनाइ छ ।अहिले आयोगका कारण एमाले र राप्रपा जुध्ने अवस्था छन् । के अब एमाले पनि सूर्य चिन्ह हटाउन तयार हुन्छ त रु वा आयोगको ध्यान जान्छ रु प्रश्न उब्जीएको छ ।

यसअघि नै आयोगले नेकपा माओवादी केन्द्रलाईसमेत यस्तै पत्र पठाएको थियो । माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्गसंघर्ष र जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।जसका प्रतिसमेत माओवादी रु ष्ट थियो । एकपछि अर्को दलहरुलाई आयोगले केस्राकेस्रा केलाएर केरकार गर्न थालेपछि राजनीतिक दल र आयोगबीच द्व न्द्व को अवस्था श्रृजना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता