नेता वामदेव गौतम र पत्नी तुलसालाई कोभिड संक्रमण पुष्टि, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौ । तेस्रो चरणको कोभिड सम्म पनि जोगिएका नेकपा एमालेका पूर्व नेता वामदेव गौतम लाई कोभिड पुष्टि भएको छ । गौतम दम्पतीलाई नै कोभिड पुष्टि भएको हो । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोभिड संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन्।
‘हामीहरूको घर पनि कोभिडबाट पी डित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् । छोरा गौतम भने परिवार सहित अमेरिकामा रहेको उनको सामाजिक सञ्जालवाट बुझ्न सकिन्छ । पत्नी र छोरी सहित हरिश अमेरिकामा भएको बेलामा यता वामदेव र पत्नी तुलसालाई कोभिड पुष्टि भएको हो । उनले गौतम दम्पत्तीको स्वास्थ्य अवस्थाका बारेमा भने सामाजिक सञ्जालमा केही खुलाएका छैनन् ।