Logo

एमाले महासचिव विष्णु पौडेललाई पनि कोभिड सं क्र मण



 

काठमाडौ । विभिन्न पार्टीका नेताहरुमा संक्रमित गर्न थालेको कोभिड अब नेकपा एमालेका नेताहरुमा सरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परिक्षणबाट संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उनले भनेका छन् । यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन् ।

यो पनि सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।

अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले बुस्टर डोज लगाउने तयारी गरिरहेको छ । पछिल्लो साता नेपादमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ ।

सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता