Logo

राजाबाट हटेको झन्डै डेढ दशकपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न किन गए ज्ञानेन्द्र शाह  ?



 

बीबीसी । मंगलवार देशभर पृथ्वी जयन्ती मनाइदै छ । यस अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी लगायत सरकारका मन्त्रीहरु पनि पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । सरकारले सार्वजनिक विदा नदिएको भएपनि विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहको तीन सयौँ जन्म जयन्ती मनाइदै छ । यसै सन्दर्भमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै नेपाल विदेशीहरूको खेल मैदान बनेको टिप्पणी गरेका छन्।

त्यही भएर राष्ट्रिय एकताको सन्देश दिन पूर्व राजा पहिलो पटक सिंहदरबारको मूल गेट बाहिर रहेको राजा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जान लागेको शाहका एक सहयोगीले बीबीसीलाई बताए। तत्कालीन गोरखा राज्यमा विक्रम सम्वत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए।

गणतन्त्रकालमा शासन सत्ता सञ्चालनमा राजनीतिक दलका नेताहरूले त्रुटि कमजोरी कायम राख्दा आफ्ना पुर्खाको जन्म जयन्तीको अवसर पारेर पूर्व राजाले व्यवस्थाप्रति प्रश्न उठाउने मौका पाएको कतिपय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

लामो सयम शासन गरेको राजतन्त्र हटाउँदै गणतन्त्र स्थापना भएको डेढ दशक पुग्न लाग्दा पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्ती पारेर राष्ट्रियताका आधारहरू माथि प्र हा र भइ देशको अस्तित्व समेत सङ्कटमा परेको उल्लेख गरेका छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले यस्ता अवसर पारेर वर्तमान राजनीतिक अवस्था प्रति टिप्पणी गर्ने गरेका छन् ।

पूर्व राजाले भनेका छन्, ‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यति बेला हामी असन्तुलनको परिणाम बेहोर्दै छौँ। देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिरहेका छन्।’

‘देशमा राष्ट्रिय एकताको धेरै प्रश्न आएकाले पहिलो पटक तीन सयौँ जन्म जयन्तीका दिन पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह गएकोू, शाहका सहयोगी फणीराज पाठकले बीबीसीलाई बताए।

यसअघि राजसंस्था पुनर्स्थापनाको माग गरिरहेको राप्रपा नेपालसहित कतिपय दलले ुराष्ट्र निर्माताु को सम्मान स्वरूप पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए। यसै वर्ष राप्रपा नेपालको अध्यक्षमा चुनिएका राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै त्यस्तो अनुरोध गरेका थिए। तस्बिर रिपोर्टस् क्लव

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता