Logo

४० लाख रुपैया ऋण खोजेर अमेरिका पठाएको जवान छोराको बाटोमै मृत्यु, भर्खर जन्मेका छोरा छोरी र २२ वर्षकी श्रीमतीको के होला अब ? आमाबुवा रोएर बेहाल (भिडियो हेर्नुस्)



काठमाडौ । रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाका वडा नं २ नेपाने गाउँका रुपक वोहरा अमेरिका जान भनेर हिँडेका थिए । उनको २२ वर्षकी श्रीमती र भर्खर जन्मेका नाति नातिना बेसहारा भएका छन् । २४ वर्षका छोराको अचानक मृत्यु भएपछि आमाबुवाको बेहाल भएको छ । छोरा त गुमाए ति अभागी बुवाआमाले छोराको शव पनि देख्न पाएका छैनन् ।

उनी विभिन्न देश हुँदै अमेरिका जान भन्दै हिँडेका थिए । तर उनी अफ्रिकाको घानामा मृत्यु भएको हो । छोरा हिँडेपछि कात्तिक २७ गतेसम्म आमाबुवासंग सम्पर्कमा थिए । उनी जाँदा बुवा आमाले ४० लाख रुपैया ऋण लिएका थिए । ३० लाख रुपैया त उनका बुवाले तमसुक गरेर पैसा लिएका छन् । छोरा त गुमाए उनीहरुको सबै सम्पत्ती पनि सकियो ।

त्यसरी अवैध तरिकाले अमेरिका लैजाने भन्दै लाखौं रुपैया लिएका दलाललाई कारवाही हुनुपर्ने बुवाआमाको भनाई छ । भर्खर जन्मेका छोराछोरी बुवालाई के भएको हो भन्ने समेत थाहा छैन । आमाको आँखामा आँशु देख्दा साना छोराछोरी अलपत्र पर्छन । कात्तिक २७ सम्म कुराकानी भइरहेको बताएका बुवा आमाले पछिल्लो समय रुपक विरामी भएका छन् भनेर जानकारी दिएका थिए । मृत्यु हुनुभन्दा १० दिन अघि विरामी भएका छन् भन्ने खबर पाएका बुवाआमाले छोराको मृत्यु नै होला भन्ने कल्पना गरेका थिएनन् ।

 

 

विरामी परेपछि केही नेपाली उद्दारकर्ता र एनआरएनका केही ब्यक्तिले घानाको विमानस्थलमा छोडिदिएको आफुले थाहा पाएको बताए । छोराको उपचार गरेको खबर पनि पायौं, अब रुपक ठिक छन् अब केही हुँदैन हामीले राम्रो अस्पतालमा उपचार गरेका छौं भनेर मलाई फोन गरे । तर त्यसको दुई दिन पछि नै छोराको मृत्यु भएको खबर आयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता