Logo

लिङ्देनलाई कमल थापाले यसरी दिए टक्कर, लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठकमा कमल थापाले यस्तो गरेपछि



 

काठमाडौ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष नमान्ने भएका छन् । लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक थापाले बहिष्कार गरेका छन् । उनले आफ्ना मागको सुनुवाई नगरी वैठक बहिष्कार गर्ने भएका हुन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

निर्वाचनमा पराजित भए लगत्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहका हस्तक्षेपका कारण आफुले पराजय भोग्नुपरेको आरोप लगाएका छन् । बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

उनले पार्टीको चुनावमा निर्मल निवासको हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै त्यो माग पुरा नहुँदा सम्म बैठकमा सहभागी नहुने जवाफ दिएका छन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् । थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता