Logo

विवाह गरेर जापान जाने तयारीमा थिए गणेश, साथीको जन्मदिन मनाउन होटल गएका कहिल्यै नफर्कने गरी अस्ताए (भिडियो हेर्नुस्)



 

काठमाडौ । जापान जाने योजनामा थिए गणेश पौडेल । हजुरआमा म जापान जान्छु कमाएर ल्याउँछु भन्दै खुसीका कुरा सुनाएका थिए । तर त्यो खुसी दिन नपाउँदै गणेशले यो संसार छोडे । साथीको जन्मदिन मनाउन गएका गणेशको रहस्यम निधन भएपछि उनका आमाबुवाको आँखा ओझाएका छैनन् । घटना रहस्यम भन्दै निष्पक्ष छानविनको माग राखेका छन् । त्यो भन्दा साना सबै जापान गए मेरो नाती पनि विवाह गर्ने योजनामा थियो । जापान गएर पैसा कमाउँछु भन्थ्यो हजुरआमाले रुँदै भनिन् ।

दाङ घोराही वजारमा रहेको फ्रेस एण्ड फेमिलि होटलमा करिब दुई दर्जन साथीहरु जन्मदिन मनाउन भेला भएका थिए । मंसिर १५ गते गणेशका साथी नविनको जन्मदिन सोही होटलमा मनाइएको थियो । जन्मदिन मनाएपछि उनीहरु त्यो रात होटलमै बसे । तर विहान करिब ४ वजे गणेश कोठामा पल्टिएका थिए । साथीहरुले र क्सीको न शा छुटाउन भन्दै साथीहरुले पानीले भिजाएका थिए । तर टाउकोमा चो ट देखिएपछि परिवारका सदस्यले घटना रहस्यमय भनेका छन् ।

होटल मालिकले उनी ल डे र चो’ट लागेको हुनसक्ने बताए । तर गणेशलाई चो’ट लाग्दा किन परिवारलाई खबर गरिएन, उनका बुवाको प्रश्न छ रु यति धेरै घटना भइसक्दा गणेशका परिवारलाई खबर समेत गरिएन । अर्को दिन दिउसो २ वजे परिवारका सदस्य खोज्दै जाँदा गणेश कोठामा फेला परे । उनी वे होस अवस्थामा फेला परेका थिए । स्थानिय अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा रेफर गरियो । तर अस्पताल नपुर्याउँदै उनको मृत्यु भयो ।

प्रहरीले होटल संचालक सहित १२ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । उनका साथीहरुले भने धेरै र क्सी खा एको बताएका छन् । तर परिवारका सदस्यहरुले भने त्यस्तो अवस्था हुँदा आफुहरुलाई खबर नगर्नुमा कुनै रहस्य भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता