Logo

मध्यराति दुबई जान लागेका ७६ जनालाई विमानस्थलबाटै फर्काइयो



काठमाडौं । दुबई जान भनेर आइतबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ। ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना पदाधिकारी तथा सेयर सदस्यलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जान रोकेको हो।

उनीहरू दुबई भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमान राति साढे ११ बजे चढ्ने तयारीमा थिए। तर अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै जहाज चढ्न नदिएको हो। उक्त सहकारी संस्थाका एक सदस्यका अनुसार आफ्नो समूह दुबई एक्स्पोमा भाग लिन चार दिनका लागि दुबई जान लागेको थियो। तर अध्यागमन कार्यालयका कर्मचारीले माथिको आदेश भन्दै फर्काइदिएका हुन्।

अध्यागमन कार्यालयले दुबई जान नदिएपछि उनीहरू मध्यराति विमानस्थलबाट घर फर्किन बाध्य भएका थिए। त्यसअघि सहकारीको टोलीले अध्यागमन कार्यालयअघि झन्डै एक घण्टासम्म नाराबाजी गरेको थियो।

जान ठिक्क परेका ७६ यात्रु फर्काइएपछि नेपाल वायु सेवा निगमको न्यारोबडी विमान ७२ जना यात्रु मात्रै लिएर राति साढे १ बजे दुबई उडेको विमानस्थल कार्यालले जनाएको छ। सहकारी संस्थाका सदस्यले भने आफूहरूको भ्रमण टोलीमा धेरैजसो महिला भएकाले दुबई जान रोकेको आशंका गरेका छन्। थाहा खबर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता