Logo

बैतडीमा जीप दुर्घटना  : चार जनाको मृत्यु, ६ घाइते



बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दुर्घटनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्। मृ त क र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ।

जीप सडकबाट १०० मिटर तल खसेको थियो। चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्। कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता