Logo

बंगालको खाडीमा आएको चक्रपातले शुक्रवार देखि नेपालमा पार्देछ यस्तो असर, आइतवार फेरी अर्को हुँदैछ मौसममा यस्तो परिवर्तन



 

काठमाडौ । शुक्रवार देखि काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा अचानक मौसममा परिवर्तन आएको छ । बंगालको मध्य पश्चिम भू(भागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात शनिवार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ। सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव नपरेपनि केही स्थानमा भने प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक) दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

आइतबार बाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू(भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागहरूका एक(दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने सम्भावना रहेको छ। यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता