Logo

सीपी गजुरेल अचानक बेहोस, सिभिल अस्पताल भर्ना



 

काठमाडौ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

यो अर्को समाचार, प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएका छन् । नेकपा एमालेका सचिव आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

आचार्यको बर्हिगमनलगत्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्न अगाडि बढेका छन् । उनले नेकपा एससहित नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्ने दाबीपत्र तयार गरिसकेको बुझिएको छ ।
राई अनेरास्ववियूको राजनीतिबाट अगाडि बढेका हुन् । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता