Logo

लाइसेन्स खुल्यो, कसरी दिने आवेदन  ? 



 

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि नयाँ सवारी चालक अनुमतिपत्र  (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द गरेको आवेदन आजबाट खुलेको विभागले जानकारी दिएको छ ।

सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने प्रवक्ता लोकनाथ भुसालले बताए । सेवाग्राहीले यातायात व्यवस्था विभागको साइट       https://www.dotm.gov.np/     नयख।लउर मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

पहिलेभन्दा सजिलै पास हुने नयाँ लाइसेन्स प्रणालीमा के(के छन् व्यवस्था ?

यातायात व्यवस्था विभागले गत साउनदेखि लागू हुने गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गरेको थियो। तर अहिलेसम्म यातायात कार्यालयहरू पुरानै प्रणालीअनुसार लिखित तथा ट्रायल परीक्षा सञ्चालन गरिरहेका छन्।

गत वैशाख १५ गतेदेखि कोभिड जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएको थियो। परीक्षा सञ्चालनमा आउँदा आवेदन दिइ बायोमेट्रिक गरिसकेका, लिखित परीक्षा दिइ ट्रायलमा संलग्न हुन बाँकी र एक पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण गरी बसेकाका लागि पुरानै प्रणालीअनुसार हुने विभागले बताएको थियो।

अब यही साताको अन्तिममा भने यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सको आवेदन खुला गर्ने जनाएको छ। नयाँ आवेदन दिनेहरूका लागि भने नयाँ प्रणाली लागू हुने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिएका छन्।

नयाँ प्रणालीमा के व्यवस्था छ ?

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी)कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ ९२० बमोजिम वर्ग (करट), (एरके) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००र५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चाररचार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

(घुमाउरो आठ– २० अंक।
(साँघुरो फलेक– १० अंक।
(युटर्न– १० अंक।
(ट्राफिक संकेत– १५ अंक
(बम्प्स ९उबडखाबड०– १५ अंक।
(उकालो– २० अंक।
(परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

(घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
(एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
(युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
(ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
(उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
(एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
(सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
(हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
(असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

(एक पटकभन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
(एक पटकभन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
(ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
(सवारीको स्टार्ट बन्द भएमा।
(साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
(उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
(उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता